कोरोना कहर : शैक्षिक संस्था ठप्प भएपछि गाउँमा तरकारी संकलन तथा उत्पादन केन्द्र

बोलन्या थली | १७ भाद्र २०७७, बुधबार
कोरोना कहर : शैक्षिक संस्था ठप्प भएपछि गाउँमा तरकारी संकलन तथा उत्पादन केन्द्र

धनगढी : कोरोना सङ्क्रमण फैलिएसँगै लामो समयदेखि ब्यापार,बिध्यालय तथा शैक्षिक संस्था, यातायात ठप्प रहेका छन् । अहिले धेरै युवाको मनमा गाउँ मै कृषि गर्न प्रोत्साहन मिलेको छ ।

बाजुराका बिनोद खड्काले पनि यो समयको सदुपयोग गर्दै गाउँमा कृषि संकलन तथा उत्पादन केन्द्र संचालन गरेका छन् । केही बर्ष अघि धनगढीमा धनगढी ट्रेनिङ सेन्टर संचालन गरेका खड्का कोरोना संक्रमण फैलिएसङ्गै शैक्षिक संस्था ठप्प रहेपछि उनले बाजुरा तरकारी संकलन तथा उत्पादन केन्द्र स्थापना गरेका हुन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । निषेधाज्ञा कति लम्बिने हो पत्तो छैन । ट्रेनिङ सेन्टर लामो समय बन्द हुँदा घरभाडा कसरी दिने चिन्ता बढेको छ । यहिबेला यो समयको सदुपयोग गर्दै गाउँमा केही गर्नु पर्यो भनेर गाउँमा तरकारी संकलन तथा उत्पादन केन्द्र खोलेको उनले बताए ।

“कोभिडको महामारीको समयमा गाउँमै तरकारीखेती झन आवश्यक छ ”, उनले भने, “गाउँमा उत्पादित कोदो, भटमास,गत,फाफर,मुला,सिस्नु,आलु,अन्य हरियो सागको बजार नपाउदा कृषकले बेहोर्न परेको घाटासङ्गै उत्पादनलाई प्रोत्साहन गर्ने तरकारी संकलन तथा उत्पादन केन्द्र सुरु गरेको छु ।”

संकलन गरेको तरकारीलाई तराईको जिल्लामा पठाउने, कृषकलाई आवश्यक बीउ बिजन बितरण गर्ने र कृषक लागी तरकारी खेतीको बिमा गरिने उनले बताए ।

जनाअवजको टिप्पणीहरू