गड्डाचौकी र गौरीफन्टा नाकाबाट बुधवार ९१ जना नेपाल भित्रिए
बोलन्या थली |
१७ भाद्र २०७७, बुधबार
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट बुधवार ९१ जना नेपाल भित्रिएका छन्।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकाबाट ३७ जना र गौरीफन्टाबाट ५४ जना गरी ९१ जना स्वदेश फर्किएको जनाएको छ ।
उनीहरु सबैलाई स्थानीय तहको जिम्मा लगाईएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए । यस्तै बुधवार नै दुवै नाकाबाट दुई सय १० जना भारतीय फर्किएका छन्।
गड्चौकीबाट ३० र गौरीफन्टाबाट १८० जना भारतीय फर्किएको जनाएको छ । यसरी हेर्दा सुदूरपश्चिमका दुई प्रमुख नाकाबाट स्वदेश फर्किनको संख्या भन्दा भारत जानेको संख्या बढ्न थालेको छ। पछिल्लो केही दिनयता गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल भित्रिने भन्दा भारत जानेको संख्या बढ्न थालेको हो।