पेट्रोलको मुल्य दुई रुपैयाँ बढ्यो

बोलन्या थली | १७ भाद्र २०७७, बुधबार
पेट्रोलको मुल्य दुई रुपैयाँ बढ्यो

काठमाडौँ ।  नेपाल आयल निगमले पट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । यससँगै अब पेट्रोलको मूल्य १०७ रुपैयाँ पुगेको छ । डिजेल, मटीतेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ ।

इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले मंगलबार पठाएको मूल्यअनुसार निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । निगम प्रवक्ता वीनितमणि उपाध्यायले भारतबाटै मूल्य बढेर आएकाले पेट्रोल लिटरमा दुई रुपैयाँ बढाइएको जानकारी दिए ।

मूल्य समायोजन गरेपश्चात पनि भारतीय सीमा नाकाभन्दा नेपालमा पेट्रोल ३२ रुपैयाँ र डिजेल ३६ रुपैयाँ सस्तो रहेको निगमले जानकारी दिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्य बढ्दै गएको छ ।

कोराना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले गत दुई सातादेखि निषेधाज्ञा गरेसँगै बजारमा इन्धनको खपत भने न्यून छ ।

जनाअवजको टिप्पणीहरू