सिपी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना संक्रमण, अस्पतालको सेवा भने सुचारु रहने
बोलन्या थली |
१६ भाद्र २०७७, मंगलवार
धनगढी: सिपी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा डेरा बस्दै आएकी २६ वर्षीया स्टाफ नर्सको घरमा डेरामा बस्दै आएका अन्यमा कोरोना देखिएपछि उनको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षण गरिएको थियो ।
उनी बसेको घरका अन्यलाई कोरोना पोजेटिभ देखिएपछी केही दिनयता उनी अस्पतालमा नआएको अस्पतालका सञ्चालक डाक्टर सिपी पाण्डेयले बताए। उनले अस्पतालको सेवा यथावत रुपमा सञ्चालन रहने बताए।