कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु,१०६९ जना कोरोना संक्रमीत थपिए
बोलन्या थली |
१६ भाद्र २०७७, मंगलवार
काठमाडौं : नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको मन्त्रालयले बताएको छ ।