डोटी प्रयोगशालामा गरिएको परिक्षणमा ३१ जनामा कोरोना संक्रमण
बोलन्या थली |
१६ भाद्र २०७७, मंगलवार
धनगढी : डोटी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये डोटीका २४ जना र अछामका ७ जना गरी ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याब ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।
संक्रमितमध्ये डोटी जिल्ला शिखर नगरपालिका १ का २ पुरुष, केआई सिंह वडा न. ४ का १ पुरुष र सुल्लेख मा २१ पुरुष गरी २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
त्यस्तै अछाम जिल्ला बान्नीगढी जयगढ वडा न. १ मा १ पुरुष, बान्नीगढी जयगढ वडा न. ३ मा २ जना र रामारोशन का २ महिला र २ पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।