सिराहामा कोरोना संक्रमणबाट एक निजामती कर्मचारीको मृत्यु
बोलन्या थली |
१६ भाद्र २०७७, मंगलवार
१६ भदौ ,सिराहामा कोरोना भाइरसको संक्रमणका कारण एक निजामती कर्मचारीको मृत्यु भएको छ । यससँगै सिराहामा कोरोनाबाट मृतकको संख्या ८ पुगेको छ। सिराहाको मिर्चैया नगरपालिका–६ मटिअर्वाका ५५ वर्षीय ती कर्मचारीको सोमबार राति संक्रमणबाट मृत्यु भएको हो ।
मधुमेहका विरामी रहेका उनको सुगर लेभेल बढेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । अस्पताल भर्ना गर्नुअघि भदौ ८ गते विराट नर्सिङहोममा पीसीआर परीक्षणका लागि लिइएको स्वाब परीक्षणको भदौ १० गते आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको यादवले बताए ।