डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि


धनगढी : डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५६ कोरोना पुष्टि भएको छ।
डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका ३८ जना, बैतडीका ११ जना, अछामका ५ जना र डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको बताए।
