लिदीमा पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
बोलन्या थली |
१६ भाद्र २०७७, मंगलवार
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।
१७ वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
पहिरोमा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए । रासस