बालबालिकामा नकारात्मक असर परेको भन्दै घरमै बाल बालिकालाई नि:शुल्क सिकाउदै धनशारा

बोलन्या थली | १६ भाद्र २०७७, मंगलवार
बालबालिकामा नकारात्मक असर परेको भन्दै घरमै बाल बालिकालाई नि:शुल्क सिकाउदै धनशारा

धनगढी : नेपालमा पनि महामारीको रुपमा फैलिएको कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि भन्दै लामो समय देशमा लकडाउन भयो । अहिले अधिकांश जिल्लामा अहिले निशेधाज्ञा जारी छ । कोरोनाकै कारण आम मानिसको रोजी रोटी गुमेको छ, व्यापार व्यवसाय चौपट बनेको छ भने विद्यार्थीहरुले पढ्न र शिक्षकलले पढाउन पाएका छैनन ।जसका कारण बालबालिकाहरुमा मानिसक प्रभाव परेको छ ।

यहि समयमा धनगढी उपमहानगरपालिका १२ जुगेडा कि धनगढी बाल सजांलकि कोषाध्यक्ष धनशारा भण्डारी आफ्नै घरमा टोलका बाल बालिकालाई नि:शुल्क शिक्षा सिकाउदै छन् । २४ घण्टामा ६ घण्टा स्कुलमा बिताउने बालबालिकाहरु अहिले स्कुल बन्द हुदा उनिहरुमा नकारात्मक असर परेको भन्दै उनले नि:शुल्क रुपमा २० जना बालबालिकालाई सिकाउदै आएकी हुन् ।

उनले भनिन्- ‘यस्तो समयमा बालबालिकाको मनमा  अन्य नराम्रो सोचविचार आउन दिनु हुदैन । यसको लागि टोलका बालबालिकाहरुलाई घरमा बोलाएर आफुले जाने बुझेका कुराहरु कविता,कथा ,गित,नाटक अादि  उनिहरुको मनोभावना बुझेर नि: शुल्क रूपमा सिकाउदै छु ।’

यस्तो अवस्थामा बालबालिकाले कस्तो बातावरण खोजिरहेको छ अभिवाकले त्यस्तै किसिमका मनोरन्जनात्मक क्रियाकलाप गराउन यो समयमा एकदम जरुरी रहेको उनले बताईन ।

जनाअवजको टिप्पणीहरू