आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स खरिद गर्न व्यवसायी हमालद्वारा १ लाख २८ हजार सहयोग

बोलन्या थली | १५ भाद्र २०७७, सोमबार
आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स खरिद गर्न व्यवसायी हमालद्वारा १ लाख २८ हजार सहयोग

धनगढी: आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स खरिद गर्नका लागि सुन्दर सुदूरपश्चिमका अभियान्ता, व्यवसायी तथा दिनेश सञ्चार गृहका प्रवन्ध निर्देशक गोपाल हमालले एक लाख २८ हजार एक सय रुपैँया सहयोग गरेका छन्।

सेती प्रादेशिक अस्पतालका लागि आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स र छुट्टै एक बेडको आईसियू तथा भेन्टिलेटर खरिद गर्न हमालले एक हजार अमेरिकी डलर अर्थात एक लाख २८ हजार एक सय रुपैँया सहयोग गरेका हुन्। 

रोटरी क्लव धनगढीले आईसियू र भेन्टिलेटर सुविधा सहितको एम्बुलेन्स, छुट्टै आईसियू बेड र भेन्टिलेटर खरिद गर्ने अभियान थालेकोमा सोही अभियानमा हमालले पनि सहयोग गरेका हुन्। रोटरी क्लवले केही साताभित्रै एम्बुलेन्स सहित भेन्टिलेटर र आईसियू खरिद गरेर सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने जनाएको छ। क्लवले झण्डै ८० हजार अमेरिकी डलर पर्ने सुविधायुक्त एम्बुलेन्स खरिद गर्ने जनाएको छ।

जनाअवजको टिप्पणीहरू