कोरोना संक्रमीत भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

बोलन्या थली | १५ भाद्र २०७७, सोमबार
कोरोना संक्रमीत भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

एजेन्सी, १५ भदौ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमित उनको निधन आज (सोमबार) भएको हो ।

पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै जानकारी दिएका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी केही दिनदेखि अस्पतालको कोमामा थिए ।

मस्तिष्क सर्जरीका लागि मुखर्जीलाई सैनिक अस्पताल भर्ना गरिएको थियो। सर्जरीअघि गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो। उनको अवस्था झन विक्रिदै गएको बताउदै आएको थियो ।

जनाअवजको टिप्पणीहरू