कैलालीको गोदावरीमा ईस्टुको नगरकमिटी गठन
बोलन्या थली |
१५ भाद्र २०७७, सोमबार
धनगढी : कैलाली जिल्लाको गोदावरी नगरपालिका अत्तरियामा संस्थागत तथा निजी विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीको संगठन (ईस्टु)को नगरकमिटी गठन गरिएको छ । समीर महराको अध्यक्ष्यतामा २९ सदस्य गाेदावरी नगरपालिकाको नगरकमिटी गठन गरिएको हो।
कैलाली जिल्ला अध्यक्ष शिवराज जाेशीको अध्यक्षतामा बसेकाे भेलाले नगर कमिटी तथा अागमि साङगाठनिक विषयमाथि छलफल गरेको ईस्टु कैलालीका अध्यक्ष शिवराज जोशीले जानकारी दिए ।


