महाकाली अस्पतालमा पहिलो पटक ‘आईसियू’सेवा सञ्चालन

बोलन्या थली | १५ भाद्र २०७७, सोमबार
महाकाली अस्पतालमा पहिलो पटक ‘आईसियू’सेवा सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले आइसीयू सेवा सुरु गरेको छ । अस्पतालले गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि भेन्टिलेटर सहितको आइसीयू सेवा सुरु गरिएको हो ।

४ वटा भेन्टिलेर र ६ बेडको आइसीयू सञ्चालनमा ल्याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । सोमबार औपचारिक रुपमा प्रतिनिधी सभा सदस्य निरुदेवी पालले आइसीयू सेवाको उदघाटन गरिएको उनले बताए ।

आईसियू सेवा, थाईराइड मेसिन र आधुनिक एम्बुलेन्सको सोमबार उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य पालले अस्पताल सुधारका लागि पहल थालिने बताईन् । बजेटका लागि भन्दा पनि ग्राउण्ड स्तरमा नागरिकलाई स्वास्थ्य सेवा दिन उनले आग्रह गर्दै आगामी दिनमा समेत आवश्यक सहयोगको प्रतिबद्धता जाहेर गरिन् ।

भेन्टिलेटर र आइसीयू सेवा सञ्चालनमा ल्याएसँगै अब कोरोना भाइरसका बिरामी तथा गम्भीर प्रकृतिका बिरामीले अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ ।

अस्पताल स्थापना  भएको झण्डै ५९ वर्षपछि आइसियू सेवा सञ्चालनमा आएको हो ।आइसियू सेवा सञ्चालमा आएसगै  अब धनगढी लगायत अन्यन्त्र जानुपर्ने बाध्यता हट्ने भन्दै यहाँका नागरिकहरु खुसि भएका छन् ।

जनाअवजको टिप्पणीहरू