सेती अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

बोलन्या थली | १५ भाद्र २०७७, सोमबार
सेती अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

कञ्चनपुर ।  सेती प्रादेशिक अस्पतालबाट पनि कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिने भएको छ ।  अस्पतालले आज एक सुचना जारी गरेर संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिने जानकारी दिएको हो ।

कोरोना संक्रमणमुक्त भईसकेका व्यक्तिहरुले रक्तदान गरी मानव जीवनको रक्षा गर्न सहयोग गरिदिन अस्पतालले आग्रह गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा. हेमराज पाण्डेद्धारा जारी सुचनामा भनिएको छ,”कोरोना रोगबाट मुक्त भई पिसिआर नेगेटिभ भएका र मापदण्ड पुरा भएका इच्छुक ब्यक्तिहरुले केही मात्रामा रक्तदान गरी मानव जीवन रक्षा गर्ने महान कार्यमा सहयोग गर्न हुन आग्रह गर्दछौ ।”

रक्तदान गर्नका लागि कोरोना संक्रमणका लक्षणबाट मुक्त भएको २ हप्ता पुगेको र पिसिआर पद्धतिबाट नेगेटिभ रिपोर्ट आएको हुनु पर्ने छ । 

जनाअवजको टिप्पणीहरू