सेती अस्पतालमा भएको परीक्षणमा थप ४० जनामा कोरोना पुष्टि
बोलन्या थली |
१४ भाद्र २०७७, आईतवार
धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ८५ जनाको कोरोना परीक्षण भएकोमा १४ महिला र २६ पुरुष गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अछामका १८, कैलालीका १५ र कन्चनपुरका ७ जनामा संक्रमण पुष्टि भएको हो ।