भारतबाट फर्किँदै गर्दा धनगढीमा मृत्यु भएका पुरुषको कोरोना ‘नेगेटिभ’
बोलन्या थली |
१४ भाद्र २०७७, आईतवार
धनगढी । भारतबाट फर्किँदै गर्दा धनगढीमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएकोृ छ । अछामको बान्नीगढी जयगढ गाउँपालिका ४ लिडिका ५२ वर्षीय लोकबहादुर रावलको शनिवार धनगढीमा मृत्यु भएको थियो।
धनगढीको मोहन पुलमा बेहोस भएका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । मृत्यु पछि गरिएको स्वाब सङ्कलनमा उनीमा कोरोना संक्रमण नभएको पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।