स्कुल अफ डेमोक्रेसीद्वारा नेपाली राजनीतिमा युवाको भुमिका बिषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न

बोलन्या थली | १३ भाद्र २०७७, शनिबार
स्कुल अफ डेमोक्रेसीद्वारा नेपाली राजनीतिमा युवाको भुमिका बिषयमा  भर्चुअल अन्तरक्रिया सम्पन्न

धनगढी : स्कुल अफ डेमोक्रेसी नेपालको नेपाली राजनीतिमा हिजो, आज र भोलि  युवाको भुमिका बिषयमा डिजिटल माध्यमबाट छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार स्कुल अफ डेमोक्रेसी नेपाल केन्द्रिय समितीको आयोजनामा, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, विदेश संयोजक र बिज्ञहरुको सहभागीतामा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो । 

जनतामा राजनीतिक बितृष्णा भैइरहेका बेला राजनितीमा अब जोश, जागर, सिर्जनसिलताले भरिपूर्ण युवाहरु आउनुपर्ने सहभागीले धारणा राखेका छन् । 

“पहिला राजनीतिज्ञहरूको सामाजिक मान र प्रतिष्ठा बढ्दो भएतापनि अहिले राजनीतिज्ञहरूको मान र प्रतिष्ठा घट्दो क्रममा छ । राजनीतिक क्षेत्रमा युवाको सहभागी जहिले नि खाचो रहि आएको छ। छलफलमा सहभागी वक्ताहरुको भने,  युवा हरेक परिर्वतनका संवाहक हुन, परिवर्तनका नाममा भएका क्रान्तिहरूमा युवाको महत्वपूर्ण भूमिका रहेको कुरा इतिहासले प्रष्ट्याउँछ । नेपालको राजनीतिक इतिहासलाई हेर्दा २००७, २०४६ र २०६२–६३ सालका जनआन्दोलनमा युवाहरूको भूमिका अतुलनीय छ । नेपाली राजनीतिमा ठूला–ठूला परिवर्तनहरू उपलब्धी प्राप्त भए पनि उपलब्धीलाई उचित ढङ्गले प्रयोग गर्ने कुरामा नेपाल सधै असफल भएको पाईन्छ । यसका पछाडि पनि थुप्रै कारणहरू हुन सक्छन्, त्यसमध्येको एउटा प्रमुख कारण भनेको नेपाली राजनीतिमा युवाहरूको भूमिका र संलग्नता कम भएर हो ।”

स्कुल अफ डेमोक्रेसी नेपाल केन्द्रिय अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा सम्पन्न भर्चुअल अन्तरक्रियामा पूर्वमन्त्री मीन बिश्वकर्मा, पूर्वमन्त्री डा. नारायण खड्का, कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियार, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेल, युवा अभियन्ता गंगा अवाल, टुटलका संस्थापक शिक्षित भट्ट, युवा अभियान्ता डा. विपिनकुमार यादव, गरिवी निवारण कोषका पूर्व सिइओ नकुल के.सी लगायत विभिन्न क्षेत्रमा आवद्ध युवाहरुले महत्वपूर्ण धारणा राखेका थिए । 

जनाअवजको टिप्पणीहरू