पिसिआर धेरै प्रयोग नगरौं, राज्यको धेरै धनराशि खर्च हुन्छ : स्वास्थ्य मन्त्रालयका प्रवक्ता
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका लागि ‘धेरै परीक्षण’ नगर्न स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेका छन् । कोरोना संक्रमणसँग लड्नका लागि देशमा स्रोत साधन सीमित रहेको भन्दै जथाभावी पिसिआर परिक्षणले राज्यको ठूलो धनराशी खर्च हुने बताएका हुन् ।
‘कोरोना उपचारका प्रयोग हुने स्रोत साधन देशमा सिमित मात्रामा छ। धेरै सामान विदेशबाट मगाउनुपर्छ र देशको थुप्रै रकम खर्च हुन्छ’ उनले भने ‘त्यसैले सिमिति स्रोत साधनबाट एकदमै मितव्ययी ढंगले प्रयोग गरौँ।’
मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा उनले सरकारले आवश्यक ठानेका, लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले मात्रै पीसीआर परीक्षण गर्नुपर्ने उहाँको भनाइ छ । पीसीआर परीक्षण नै कोरोनाको औषधि जस्तो नगर्न तथा शंका लागेका र कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएकाहरु घरमै आइसाेलेशनमा बस्दा सबैभन्दा उत्तम हुने त्यसैले जथाभावी परीक्षण नगर्न र नगराउनुहुन अनुरोध गर्दछु।’
उनले सबैको पिसिआर परीक्षण सरकारले निशुल्क गरिरहेको र आफ्नो इच्छाले पैसा तिरेर पनि परीक्षण गराउने व्यवस्था भएको बताए ।
यसअघि नै सरकारले एकजना संक्रमितका लागि राज्यले १ लाख भन्दा धेरै खर्च गर्दै आएको र देशमा कोरोना संक्रमणकै नाममा करिब १२ अर्बजति खर्च भइसकेको जनाएको थिए ।