मुख्यमन्त्रीको निवासमा खाना पकाउने भान्सेकी श्रीमतीमा कोरोना संक्रमण
बोलन्या थली |
१३ भाद्र २०७७, शनिबार
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा खाना पकाउँदै आएका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ । निवासमा कार्यरत भान्सेकी २८ बर्षीया श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्री कार्यालयका ड्राइभरमा पनि केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । ड्राइभरमा कोरोना संक्रमण भएपछि गरिएको मुख्यमन्त्री भट्ट सहित ८३ जनाको स्वाब परिक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।