भारतबाट फर्किँदै गरेका अछामका एकजना मृत्यु


धनगढी । भारतबाट फर्किएका एक पुरुषको धनगढीमा मृत्यु भएको छ । अछाम बान्नीगढी जयगढ ४ लिडिका ५२ वर्षीय पुरुष धनगढीको मोहन पुलमा बेहोस भएका थिए।
११ बजे पुलमा बेहोस भएका व्यक्तिको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
छोरासँगै भारतको राजिस्थनबाट आएका उनीमा क्षयरोग रहेको प्रहरीले जनाएको मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।
कोरोना परीक्षणको लागि स्वाब संकलन भइसकेको सेती प्रादेशिक अस्पताल अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।