दार्चुलामा धारिलो हतियार प्रयोगले हत्या गरि फरार रहेका ब्यक्ति पक्राउ


धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिका–२ मा विहीबार शेरबहादुर चन्दको हत्या गर्ने गंगादत्त भनिने गोविन्द भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
मृतक चन्दका २० बर्षीय छोरा नविन चन्दले इलाका प्रहरी चौकी गोकुलेश्वर मार्फत जिल्ला प्रहरी कार्यालय दार्चुलामा घटनाको उजुरी दिएका छन् । प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शब परीक्षण लगायतको प्रारम्भिक अनुसन्धान पूरा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी पदम बहादुर विष्टले बताए ।
शवको पोष्टमार्टम भइसकेकाले अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाउने काम भईसकेको उनको भनाई छ । विहीबार दिउसो तिन बजेको समयमा स्थानीय गंगादत्त भनिने ३४ बर्षीय गोविन्द भट्टले सोही ठाउँका ४५ बर्षीय शेरबहादुर चन्दको हसिया (बनास) प्रयोग गरी हत्या गरेका थिए ।
अभियुक्त भट्ट सामाजिक रुपमा पनि असहज ब्यक्ति भएको प्रहरीको अनुमान छ । भट्टका दुईवटा विहे भएपनि उनीसँग दुबै श्रीमती नबस्ने र बालबच्चाहरु पनि नबस्ने भएकाले भट्टको ब्यवहार ठीक नहुन सक्ने प्रहरीको अनुमान छ ।