कैलालीमा १९ गतेसम्म निषेधाज्ञा लम्बियो

बोलन्या थली | १३ भाद्र २०७७, शनिबार
कैलालीमा १९ गतेसम्म  निषेधाज्ञा लम्बियो

धनगढी : कैलालीमा थप पाँच दिन निषेधाज्ञा लम्बिएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको १० दिनको निषेधाज्ञाको अबधि भोलि राति १२ बजे सकिदै गर्दा थप दिन लम्ब्याएको हो ।

प्रशासनले भदौ १९ गते राति १२ बजेसम्मका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कोरोना संक्रमणको जोखिम बढिरहेकोले सबैको सल्लाह र सुझावका भरमा निषेधाज्ञाको अबधि पाँच दिन थपिएको जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू