गौरीफन्टा नाकामा सशस्त्रका इन्सपेक्टर राजेन्द्र कुँवरलाई जिम्मेवारी


कञ्चनपुर । कञ्चनपुरको सिमा नाका गौरीफन्टा नाका क्षेत्रमा सशस्त्र प्रहरीले जिम्मेवारी फेरी हेरफेर गरेको छ। शुक्रवार सशस्त्र प्रहरी निरिक्षक सुरेश महर्जनलाई खटाइएको थियो।
तर खटाएको एक दिनमै सशस्त्र प्रहरी निरिक्षक राजेन्द्र कुँवरलाई जिम्मेवारी दिईएको सशस्त्र प्रहरी बल नम्वर ३५ गण झलारी कञ्चनपुरका सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्रसिंह ऐरले जानकारी दिए।
यस अघि गौरीफन्टा क्षेत्रको जिम्मेवारी सहस्त्र प्रहरी निरिक्षक शैलेन्द्रसिंह चैसिरले पाएका थिए। उनलाई आर्थिक लाभ लिएर भारतीय नागरिकलाई भित्र्याएको आरोप लागेपछि राति नै उनी जिल्ला तानिएका थिए। बुधवार साँझदेखि गौरीफन्टा र डोकेबजार क्षेत्रमा कञ्चनपुरको सुरक्षा टोली खटिएको हो।