पार्टीभित्रको गुट र उपगुटको नराम्रो प्रभावले पार्टी कमजोर : युवा नेता महर

बोलन्या थली | १२ भाद्र २०७७, शुक्रबार
पार्टीभित्रको गुट र उपगुटको नराम्रो प्रभावले पार्टी कमजोर : युवा नेता महर

धनगढी : नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीभित्र गुट र उपगुटको नराम्रो प्रभावले पार्टी कमजोर भएको बताएका छन् । 

नेपाली काँग्रेस लोकतान्त्रिक विचारको पर्याय भएको बताउदैं शुक्रबार सामाजिक सञ्जालमार्फत नेता महरले पार्टीभित्र गुट र उपगुटको नराम्रो प्रभावले जरा गाडेको बताएका छन् ।

नेता महरले फेसबुक स्टाटसमा उल्लेख गरेका छन्, ‘नेपालमा लोकतान्त्रिक विचारको पर्यायवाची नेपाली काङ्ग्रेस पार्टी नै हो । तर आफ्नै पार्टी भित्रको एकताको अभाव कारण बलियो र सशक्त काँग्रेस निर्माणमा उल्झन आइरहन्छ । विशेष गरी गुट र उपगुटको नराम्रो प्रभावले जरा गाडेको वर्तमान अवस्थामा १४ औं महाधिवेशनका क्रममा टोल, वार्ड, नगर, क्षेत्र ,जिल्ला, प्रदेश र केन्द्र सबै तहको निर्वाचनमा लिखित रुपमा टीम (समूह) बनाउने र पर्चा(लिस्ट कुनै पनि बाड्न नपाउने आचार(संहिता निर्माण गरि कार्यान्वयनमा ल्याउनु आवश्यक छ । यसो गर्दा तलदेखि माथिल्लो तहसम्म सबै व्यक्तिले निर्वाचनमा प्रतिस्पर्धा गर्दा न जित्नेको टीम देखिन्छ न हार्नेको । यो नै गुटबिहीन काँग्रेस निर्माणको बाटो हो ।’

जनाअवजको टिप्पणीहरू