बालमनोविज्ञानमा आधारित नेपाली लघु चलचित्र ‘डार्क मून’ सार्वजनिक

बोलन्या थली | १२ भाद्र २०७७, शुक्रबार
बालमनोविज्ञानमा आधारित नेपाली लघु चलचित्र ‘डार्क मून’ सार्वजनिक

काठमाडौं- बालमनोविज्ञानमा आधारित नेपाली लघु चलचित्र ‘डार्क मून’ सार्वजनिक भएको छ। आमाले सन्तानप्रतिको दायित्व बिर्संदा सन्तानमा पर्ने असरलाई चलचिलमा प्रस्तुत गर्न खोजिएको छ। 

रामजी ज्ञवालीको निर्माणमा बनेको चलचित्रमा साहिल खान, सूर्या थापा तथा बाल कलाकार क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्। तनुजा कार्की, निशाव लम्साल, यूमी बरालको अभिनय रहेको चलचित्रको कथा भने प्रदीप भारद्वाजले लेखेका हुन्।

कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। चलचित्रमा सुदीप बरालको डिओपी, एलिस कार्कीको ब्याकग्राउण्ड स्कोर, विशाल निरौलाको गायन तथा संगीत र साहिल खानको सम्पादन छ।

जनाअवजको टिप्पणीहरू