धनगढीमा एम्बुलेन्स चालकमा पनि कोरोना संक्रमण
बोलन्या थली |
१२ भाद्र २०७७, शुक्रबार
धनगढी : धनगढीमा एम्बुलेन्स चालकमा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालमा कार्यरत धनगढी उप–महानगरपालिकामा बस्दै आएका ५४ बर्षीय एम्बुलेन्स चालकमा संक्रमण पुष्टि भएको हो।
शुक्रबार सेती प्रयोगशालामा भएको परीक्षणमा चालकमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। यसअघि सेती अस्पतालमै कार्यरत तीन जना सफाई कर्मचारी र नौँ स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो।