सुदुरपश्चिममा शुक्रबार ४५ जनामा कोरोना संक्रमण
धनगढी –सुदुरपश्चिममा आज शुक्रबार ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ महिला २२ पुरुष गरी ३६ जना र डोटी प्रयोगशालामा गरिएको परिक्षणमा ९ जना गरी ४५ जनामा कोरोना पुष्टी भएको हो ।
संक्रमित हुनेहरुमा कैलालीका १९ जना र कन्चनपुरका १७ जना रहेका छन । सेती प्रयोगशालामा आज ५ सय ४४ जनाको कोरोना स्वाब परिक्षण गरिएको अस्पतालले जनाएको छ ।
यस्तै डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा त्यँहाको प्रयोगशालामा २ सय २८ जनामा गरिएको परीक्षण भएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।अस्पतालका ल्याव ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटी सायल गाउपालिकाका ६ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको हो ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा १ सय १ जनामा गरिएको परिक्षणमा सबै को रिपोर्ट निगेटिभ आएको छ ।