फुड बैंक प्रभावकारी बन्दै, वडा-वडामा पुगेर सेवा दिदै


धनगढी : फुड बैंक प्रभावकारी बन्दै गएको छ । कोरोनाका कारण रोजगार गुमाएका तथा दैनिक छाकटार्न समस्यामा परेका परिवारलाई फुड बैंकबाट नि:शुल्क राहत पाउँदा एकदमै खुसी भएका छन् ।
फुड बैंकमा राहत लिन आउनेको संख्या एक्कासि बढेपछि ब्यवस्थित गर्न दुई दिन रोकिएको थियो । बिहिवारदेखि पुनः सेवा सुचारु गरिएको फुड बैंकका संयोजक तथा तरुण दलका स्थानीय अध्यक्ष पप्पु साहले बताए। बिहिवारबाट फुड बैंकलाई ब्यवस्थित गर्दै वडा वडामा पुगेर दैनिक बिहान ९ देखि १० बजेसम्म सेवा दिन गईरहेको साहले बताए । समस्यामा परेका परिवारहरु दैनिक उपभोग्य वस्तु लिन दैनिक सयौंको संख्यामा मानिस आउने गरेको साहले बताए ।
‘मानिसको भिड कम गर्न अन्य वडामा समेत फुड बैंक सुरु गरेको साह बताए।’ उनले भने, ‘हामी अहिले प्रत्येक वडामा गएर सेवा दिईरहेका छौं र अझै धेरै समय कसरी फुड बैंक सञ्चालन गर्न सकिन्छ भनेर साथीहरूसँग छलफलमा छु।’
गत शनिवार मोरङको केराबारी गाउँपालिका भवनअगाडि एउटा सटरमा लिएर उनले यो अभियान चलाएका थिए।