सुदूरपश्चिम प्रदेशमा ५६९४ कोरोना संक्रमितमध्ये ४७९१ जना निको भए
बोलन्या थली |
१२ भाद्र २०७७, शुक्रबार
धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार छ सय ९४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार५७ हजार बढीको पिसिआर परिक्षण बिहिबारसम्म प्रदेशमा संक्रमितको उत्त संख्या पुगेको हो।
यस्तै प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित निको भएर जानेको संख्या चार हजार सात सय ९१ जनाले रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटिका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार तीन सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन्। अछामका सात सय १३, डोटीका सात सय ५८, कञ्चनपुरका ६ सय पाँच र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट दुई सय ८० र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।


