धनगढी–१३ मा निर्वाचन साक्षरता कार्यक्रम सम्पन्न

बोलन्या थली | १५ फाल्गुन २०८२, शुक्रबार
धनगढी–१३ मा निर्वाचन साक्षरता कार्यक्रम सम्पन्न


कैलाली । युथ फर फेडरल डीसकर्श र एफडीडब्लुएलडीकाे संयुक्त आयोजनामा धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा निर्वाचन साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

आसन्न फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरूप आयोजित कार्यक्रममा ५० जना सहभागीको उपस्थिति रहेको थियो। कार्यक्रममा पहिलोपटक मतदान गर्न लागेका युवादेखि वृद्ध मतदातासम्मको सहभागिता रहेको कार्यक्रम संयोजक निराजन बलायरले जानकारी दिए।


कार्यक्रममा निर्वाचनको महत्व, सही तरिकाले सदर मत कसरी हाल्ने, सुरक्षासंयन्त्रलाई कसरी सहयोग गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान प्रक्रियामा निष्पक्ष रूपमा सहभागी गराउने विषयमा व्यवहारिक सिकाइ प्रदान गरिएको संयोजक बलायरले बताए ।


आयोजकका अनुसार यस्ता कार्यक्रमले मतदातालाई सचेत र जिम्मेवार बनाउँदै स्वच्छ तथा निष्पक्ष निर्वाचन सम्पन्न गर्न टेवा पुग्ने विश्वास लिइएको छ।

जनाअवजको टिप्पणीहरू