रघुनाथ अवस्थी सम्मानित
बोलन्या थली |
२७ पुष २०८२, आईतवार
धनगढी । एसियन व्यवस्थापन कलेजको १९औँ वार्षिक उत्सव कार्यक्रमबाट रघुनाथ अवस्थी सम्मानित भएका छन् । शिक्षा तथा समाज विकासमा योगदान पुर्याएको भन्दै कलेजले अवस्थीलाई सम्मान गरेको हो ।
आज बर्दियाको ठाकुरद्वारमा सम्पन्न वार्षिक उत्सवमा अवस्थीलाई कलेजका अध्यक्ष रमेश पन्तले प्रमुख अतिथि अवस्थीलाई सम्मानपत्र हस्तान्तरण गरे ।सम्मान ग्रहण गर्दै अवस्थीले एसियन व्यवस्थापन कलेजको शैक्षिक प्रयासको प्रशंसा गर्दै शिक्षा नै राष्ट्र निर्माणको आधार भएको बताए ।
कार्यक्रममा कलेजका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। १९औँ वार्षिक उत्सवका अवसरमा विविध सांस्कृतिक कार्यक्रम, विद्यार्थी प्रतिभा प्रदर्शन तथा शैक्षिक गतिविधिहरू प्रस्तुत गरिएको थियो ।


