पेट्रोलको कालोबजारी बिरूद्व बोलन्या थलिको ‘ब्यानर प्रोटेस्ट’

बोलन्या थली | १९ आश्विन २०८२, आईतवार
पेट्रोलको कालोबजारी बिरूद्व बोलन्या थलिको ‘ब्यानर प्रोटेस्ट’

धनगढी । बोलन्या थलिले डोटीमा पेट्रोलियम पदार्थमा भईरहेको कालोबजारीको बिरोध गर्दै ब्यानर प्रोटेस्ट सुरू गरेको छ ।

थलिले अत्तरिया – डडेलधुरा खण्डमा १५ व्यानर टाँस्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गरेको बोलन्या थलिका अध्यक्ष यादव जोशीले जानकारी दिए ।

खुद्रा व्यापारीलाई ‘ड्रम’ मा पेट्रोल बेच्ने,किराना, होटल, फेन्सी र मेडिकलमा मंहङ्गो पैसा तिरेर पेट्रोल पाईने तर पम्पमा पेट्रोल नपाईने गरेको छ । प्रज्वलनशील पदार्थमा यस्तो कालोबजारी हुँदा स्थानीय प्रशासन मौन रहनु गलत भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको र फेरि पनि स्थानीय प्रशासनले गम्भिर कदम नचाले थप शसक्त आन्दोलन गर्न आफुहरू तयार रहेको जोशीले बताए  ।

थलिले ब्यानरमा दिपायल सिलगडी जाँदै हुनुहुन्छ… पेट्रोलको जुगाड गरेर जानुहोला, त्यहाँ `मोटाएका पेट्रोल´ पम्प र `मरेको प्रशासन´का कारण पेट्रोल ब्ल्याकमा मात्रै पाईन्छ ।

जनाअवजको टिप्पणीहरू