डडेल्धुरा अस्पतालको गेटमा किन राखियो कालो ब्यानर ?

बोलन्या थली | ३२ असार २०८२, बुधबार
डडेल्धुरा अस्पतालको गेटमा किन राखियो कालो ब्यानर ?

धनगढी । बोलन्या थलिले डडेल्धुरा अस्पतालको मुल गेटमै कालो ब्यानर टाँसेर विरोध जनाएको छ । स्वास्थ्य बीमा बोर्डको नयाँ निर्णयअनुसार डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा बिन्दुबाट हटाउने निर्णयप्रति बोलन्या थलीले कालो ब्यानर स्वरूप विरोध जनाएको थलिका संयोजक यादव जोशीले जानकारी दिए ।

स्वास्थ्य बीमा बोर्डको नयाँ निर्णयअनुसार अब साउन १ गतेदेखि डडेल्धुरा अस्पतालले सिधा बीमा सेवा दिन नपाउने भएको छ। यस निर्णयले अस्पताललाई रेफरल केन्द्रमा सीमित गरेपछि जिल्लाका हजारौँ बीमित सेवाग्राही थप मर्कामा परेका छन्।

नयाँ प्रावधानअनुसार बीमित सेवाग्राहीले डडेल्धुरा अस्पतालमा उपचार पाउन पहिले आफ्नै स्थानीय तहभित्रको सूचीकृत स्वास्थ्य संस्थामा जानुपर्नेछ।अहिले यो निर्णयले अहिले चौतर्फी विरोध भइरहेको छ ।

जनाअवजको टिप्पणीहरू