बिबिएस प्रथम बर्षमा सुदूरपश्चिममै रितिमाले ल्याईन सर्वोत्कृष्ट नतिजा

बोलन्या थली | ९ जेष्ठ २०८२, शुक्रबार
बिबिएस प्रथम बर्षमा सुदूरपश्चिममै रितिमाले ल्याईन सर्वोत्कृष्ट नतिजा

धनगढी । धनगढीस्थित ग्यालेक्सी मल्टिपल कलेजको बिबिएसमा प्रथम बर्षमा अध्यायनरत रितिमा भण्डारी सुदूरपश्चिमबाट सर्वोत्कृष्ट नतिजा ल्याएकी छिन । कलेज प्रशासनले जनाए अनुसार भण्डारीले ७७.४ प्रतिशत अंक प्राप्त गर्दै सुदूरपश्चिम प्रदेशमै व्यक्तिगत रूपमा सर्वोत्कृष्ट नतिजा ल्याएकी छन्। कलेजले समेत त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बिबिएस प्रथम वर्षको परीक्षामा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ ।

शैक्षिक सत्र २०८१ को बिबिएस प्रथम वर्षको नतिजा हालै सार्वजनिक गरिएको हो। उक्त नतिजामा ग्यालेक्सी मल्टिपल कलेजका ७२।८ प्रतिशत विद्यार्थी उर्तिण भएका छन्। वि.सं.२०८० मा स्थापना गरिएको ग्यालेक्सी मल्टिपल कलेजको यो पहिलो ब्याच हो। पुराना र प्रतिष्ठित क्याम्पसहरुको नतिजा कमजोर देखिएको बेला ग्यालेक्सीको पहिलो ब्याचबाट यस्तो उत्कृष्ट नतिजा आउनुले कलेजको शैक्षिक क्षमताप्रति विश्वास बढाएको क्याम्पस प्रमुख जेडी भट्टले बताउनुभयो ।

उहाँले परीक्षामा सहभागी भएको पहिलो वर्षमै यस्तो सफल नतिजा आएकोमा खुशी व्यक्त गर्दै भविष्यमा पनि गुणस्तरीय शिक्षा मार्फत क्षेत्रीय शैक्षिक उन्नतिमा योगदान दिने अठोट व्यक्त गरेका छन्। ग्यालेक्सी कलेज माध्यमिक विद्यालयकै व्यवस्थापन अन्तर्गत सञ्चालित क्याम्पस हो, । कक्षा १२ सम्मको शिक्षा हसनपुर, धनगढीबाट प्रदान गर्दै आएको छ। उक्त विद्यालयको सफल यात्रापछि ग्यालेक्सी मल्टिपल कलेज धनगढी–१, पशुपति टोलमा सञ्चालनमा ल्याइएको हो।

जनाअवजको टिप्पणीहरू