कक्षा ११ निःशुल्क पढाउने परशुराम नगरपालिकाको घोषणा
बोलन्या थली |
२ बैशाख २०८२, मंगलवार
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले कक्षा ११ निःशुल्क पढाउने घोषणा गरेको छ। सोमबर नयाँ वर्षको अवसरमा घोषणा गर्दै मेयर भरत बडायर जोशीले कक्षा ११ पढ्ने सबै विद्यार्थीको शुल्क नगरपालिकाले ब्यहोर्ने बताएका हुन्।
हाल कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले आठदेखि ११ हजार रुपैयाँसम्म शुल्क तिर्दै आएका छन्। नगरपालिकाको यो निर्णयले अभिभावक र विद्यार्थीहरूलाई ठूलो आर्थिक राहत हुने विश्वास गरिएको छ।
जोशीले आगामी आर्थिक वर्षदेखि कक्षा १२ सम्मकै शिक्षा निःशुल्क गर्न काम थालिने बताएका छन्। नगरपालिकाको यो निर्णयले विद्यार्थीहरु खुसी भएका छन् ।


