जापानमा मृत्यु भएका बैतडीका अवस्थीका परीवारलाई आर्थिक सहयोग

बोलन्या थली | ३० श्रावण २०८१, बुधबार
जापानमा मृत्यु भएका बैतडीका अवस्थीका परीवारलाई आर्थिक सहयोग

धनगढी । बैतडीको पाटन नगरपालिका–३ घर भई जापानमा मृत्यु भएका जनक प्रसाद अवस्थीका परीवारलाई आर्थिक सहयोग गरीएको छ । सुदूरपश्चिम म्यासेन्जर व्वाइज ग्रुवले आर्थिक संकलन गरेर उनका परीवारलाई सहयोग गरेको हो ।
म्यासेन्जर व्वाइज ग्रुवका सदस्य कुल बहादुर रावल र किशोर सिहले आर्थिक सहयोग अभियान सन्चालन गरी संकलन गरीएको १ लाख ५० हजार ३ सय ३६ रकम उनका वुवाको खातामा जम्मा गरिएको रावलले जानकारी दिए ।

सो अभियानमा १ लाख ६६ हजार संकलन भएता पनि मृतकको बुवाको खातामा स्थानान्तरण गर्दा रेमिटान्सको दर अनुसार केहि रकम काटिएको जनाएको छ ।

सो अभियानलाई एनआरएनए चिवा र सुदूरपश्चिम समाजले पनि सहयोग गरेको सुदूरपश्चिम म्यासेन्जर व्वाइज ग्रुवका अर्का सदस्य किसोर सिंहले जानकारी दिए ।

पढाईको लागि करिब ३ महिनाअघि मात्रै जापान गएका पाटन नगरपालिका ३ का २१ वर्षीय जनक प्रशाद अवस्थीको निधन भएको थियो ।

अध्ययनको सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको आफन्तको भनाई छ ।

साथीहरुसँग नुहाउन समुद्री किनारमा गएका अबस्थीको त्यही डुबेर मृत्यु भएको हो । लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका जनकको परिवार छोराको निधनको खबरले विक्षिप्त बनेको छ ।

जनाअवजको टिप्पणीहरू