नेकपा एसका सोडारी सुदूरको मुख्यमन्त्रीमा नियुक्त, स्वतन्त्र सांसद निर्णायक

बोलन्या थली | ६ बैशाख २०८१, बिहीबार
नेकपा एसका सोडारी सुदूरको मुख्यमन्त्रीमा नियुक्त, स्वतन्त्र सांसद निर्णायक


धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी (नेकपा एस)का संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।

प्रदेशका स्वतन्त्र सांसद डा.तारा जोशीको निर्णायकमा आज सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमालेका १०, माओवादीका १०, नेकपा एकीकृत समाजवादीका ४ , नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसदको लिखित सर्मथन जुटाएर सोडारीले आज नै मुख्यमन्त्रीका लागि दावी पेस गरेका थिए ।

सोही अनुसार प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि गत आइतबार नेपाली का‌ग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले(माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख मियाँले दुबै दाबीका आधारमा निश्कर्षमा पुग्न नसकिएको भन्दै पुनस् मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए। प्रदेश प्रमुख मियाँले आज बेलुका ५ सम्मको लागि दलहरूलाई दाबी पेस गर्ने समय दिएका थिए।

जनाअवजको टिप्पणीहरू