समाजसेवी मल्लले गरे ६४ विद्यार्थीलाई ७१ हजार बराबरको पोशाक सहयोग
डडेल्धुरा । डडेल्धुरा घर भइ हाल जापानमा रहेका युवा समाज सेवी विनयप्रकाश मल्लले विद्यार्थीहरुलाई विद्यालय पोशाक सहायोग गरेका छन् । विपन्न विद्यार्थीलाई उनले ७१ हजार ४ सय बरारबको पोशाक सहयोग गरेका हुन् ।
उनले जिल्लाको अजयमेरु गाउँपालिका–२ हाटमा रहेको समैजी प्राथमिक विद्यालयका ६४ जना विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको बताएका छन् ।
मल्लले विगतदेखि नै विपन्न वर्गलाई सहयोग गर्दै आएका छन् । उनले विभिन्न विद्यालयमा छात्रवृद्धिका लागि अक्षयकोष समेत स्थापना गरेका छन् ।
समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आएका छन् । मल्लले जिल्लाको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यले जापानमा काम गर्न निःशुल्क रुपमा भिषा उपलब्ध गराउन पनि सहयोग गरिरहेका छन्।
जापानी भाषा र सिप सिकाएर जिल्लाका बेरोजगार युवाहरुलाई जापानमा रोजगारीको अवसर प्रदान गर्न सहयोग गरिरहेको उनले बताए ।