डडेल्धुराको जोगबुढामा नापी र मालपोतको कार्यालय सञ्चालनमा आउने
बोलन्या थली |
२४ श्रावण २०८०, बुधबार
डडेल्धुरा । डडेल्धुराको जोगबुढामा नापी र मालपोतको कार्यालय सञ्चालनमा आउने भएको छ । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै जोगबुढामा पनि नापी र मालपोतको कार्यालय सञ्चालनमा आउन लागेको मालपोत कार्यालय डडेल्धुराका प्रमुख प्रेम धामीले बताए ।
उनका अनुसार अहिले कार्यालय तयार भइसकेको र केही आवश्यक सामानहरू राख्न बाँकी रहेकाले भदौको पहिलो साताबाट सञ्चालनमा आउने बताए । अहिले डडेल्धुराको सदरमुकामबाट सेवाग्राहीले सेवा लिइरहेका छन् ।
अब जोगबुढामा पनि कार्यालय सञ्चालनमा आए दुई पालिका परशुराम र आलीताल गाउँपालिकाका नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।