डडेल्धुराको जोगबुडा अस्पतालले ओपिडी शुल्क नलिने
बोलन्या थली |
१६ फाल्गुन २०७९, मंगलवार
डडेल्धुरा । डडेल्धुराको भित्री मधेशमा पर्ने जोगबुडा अस्पताल अस्पतालमा ओपिडी शुल्क नलिने भएको छ ।
यस अघि अस्पतालले लिँदै आइरहेको शुल्क कटौती गरेको हो । परशुराम नगरपालिकाका नगरप्रमुख भरत जोशीको पहलमा अस्पताल व्यवस्थापन समितिले ओपिडी शुल्क निःशुल्क गर्ने निर्णय गरेको हो ।
यस्तै अस्पतालले डेन्टल सेवा सुचारु गर्ने, बिशषज्ञ सेवा सुचारु गर्ने निर्णय समेत भएको छ । परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको प्रमुख उपचार केन्द्रका रूपमा रहेको जोगबुडा अस्पतालमा बिशषज्ञ सेवा सुचारु भए त्यहाँका बिरामीले अन्यन्त्र जानुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख जोशीले बताए ।