पश्चिम सेती परियोजनाको विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री रावल

बोलन्या थली | ४ माघ २०७९, बुधबार
पश्चिम सेती परियोजनाको विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री रावल

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पश्चिम सेती जलविद्युत परियोजना र एसआर–६ जलविद्युत परियोजनाको निर्माण र विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

दुवै परियोजना निर्माण सम्बन्धी लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गर्दै रावलले सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।

बुधबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै रावलले दुवै परियोजना कार्यान्वयन भएमा सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

नेपालमा उत्पादित विद्युत निर्यात गरी व्यापार घाटा न्यूनीकरणमा पनि टेवा पुग्ने उनको अपेक्षा छ तर कतिपयले परियोजना अघि बढाउने सम्बन्धमा प्रतिकुल हुनेगरी विचार र क्रियाकलाप गरिरहेकोप्रती सरकारको ध्यानाकर्षण भएको उनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

रावलले प्रदेशबासीलाई दुवै जलविद्युत परियोजना निर्माणमा आ–आफ्ना पक्षबाट सहयोग गर्न समेत अपिल गरेका छन् ।

जनाअवजको टिप्पणीहरू