‘म हारे आमा’
विष्णु मल्ल
साँझ खाना खाइसके पछि म टोलाउँदै मोबाइल खेलाएर आफ्नो जिन्दगी सम्झंदै थिए,,केही कुरा कापीमा नोट गर्दै थिए । यतिकैमा….यसरी सुरु भयो मेरो सानो उपन्यास
टोलाउँदा टोलाउँदै, एक्कासी आफ्नो जिन्दगी सम्झिए,आफ्नो सपना सम्झिए र मेरी आमाको दुःख ,त्याग अनि संघर्ष सम्झिए ।
आफ्नो जिन्दगी र घरको अवस्था देख्दा र सम्झिदा आँखाबाट आँसु बग्दै थिए ।छेउमा रहेको मोबाइलको वालपेपर मा रहेको मेरी आमाको फोटो हेरे अनि भने ‘म हारे आमा’ तिम्रो छोरा ले केही गर्न सकेन ।जीन्दगीदेखि हार खायो भनेर भने र मोबाइल स्विच अफ गरिदिए ।
झ्याल नजिकै रहेको आमा बाबा र आफ्नो तस्बिर हेरे जुन २०७५ साल को दशैँ मा टीका र जमरा लगाएर खिचेको फोटो थियो ।त्यो फोटो समाते र आँखाबाट धरधरी आँसु खसाले ।
मलाई अप्ठ्यारो भएर आयो । मैले मेरी आमाले कसरी आफूलाई सम्हालिन भनेर सम्झे ,म पल्टिरहेको खाट बाट उठे र एकपटक आमाको कोठातिर पुगे ।अनि हेरे ,आमा एकटकले सिरानीमा हात राखेर सुतिराख्नु भाथ्यो ।
अनि अर्को कोठामा बुबालाई पनि हेरे ,र मनमनै भने मलाई माफ गर्दिनु है बाबा,मैले साथीभाइ आफन्त,र समाजको अगाडि सहन सकिन, भने र खुट्टा ढोगेर माफी मागे ।
अनि सुरुक्क फर्केर कोठातिर लागें त्यसपछि मैले ती मेरी दिदी हरुलाई सम्झिए जसले भन्नुहुन्थ्यो। भाई आफ्नो र आमाको ख्याल राख्नु बाबाको अवस्था त्यस्तो छ। बिचरी रोगी आत भएको छिन् कतिबेला जे पनि हुनसक्छ बिरामी भइराख्छिन,भनेर भनेको सम्झिए र दिदी हरुबाट पनि माफी मागे,मैले आमाको ख्याल राख्न सकिन भनेर ।
सबै दिदी हरुको बिहे भइसकेको थियो । र बाँकी थिए एउटा म जो भर्खर व्याचलरमा पढिरहेको थिएँ। मेरो पढाई पनि राम्रै थियो । आमाले सधैं भन्नुहुन्थ्यो बाबु तैंले अरूको जस्तो काम गरेर त खान सक्दैनस् ,, दिदी हरु भएकाले मैले त्यति सानोमा काम पनि केही गरेको थिइनँ।राम्रोसँग पढ़ कहीं केही सानोतिनो काम गरेर खालास भन्नुहुन्थ्यो। फेरि ती कुरा सम्झंदै भक्कानो फुट्ने गरी रोए ।
भाग २
मैले साइड को रातो झोलामा रहेको कपडा को डोरी जस्तै देखिने एउटा डोरी समाते र खतमाथि उभिए।। अनि माथि छतमा रहेको त्यो फलाम को डन्डी मा बाँध्न खोजें सकिएन एकसर्को घाँटीमा बेरे अनि गाठो पार्दै डोरीले अर्को कुनातिर तन्काएर डन्डी मा बाँध्न खोजें सकिन अनि कुर्सी माथि चडे, डोरीले फेरो हाल्न पुगे ।
तपाईहरु सोच्दै हुनुहुन्छ होला आँखिर यसले यस्तो गर्नुको कारण के होला त भनेर ।
म भन्छु मैले यो सब गर्नुको कारण डिप्रेसन हो तनाव हो, हो म तनाव मा थिए चिन्तामा थिए । मलाई थाहा थिएन मैले यो सब गर्नु सही थियो या गलत, तरपनि मैले आफ्नो निर्णय मा अडिग रहे ।
घरायसी समस्या लगायतका थुप्रै समस्याले म घेरिएको थिए,,घरमा दिनहुँ जसो झगडा होहल्ला भइरहन्थ्यो, बुबाले सधैंजसो रक्सी खाई रहनु हुन्थ्यो,अनि घरमा जहिले झगडा र होह ल्ला गरी आमालाई कुटपिट गर्नुहुन्थ्यो ।
हामी मध्यम वर्गीय परिवार का मान्छे दिनभरि काम गरेर साँझ बिहान खान लाई पुग्थ्यो ।
अनि त्यही माथि राती बखत जहिले झगडा आदिले मलाई डर ले निकै सताउँथ्यो,जुन कुरा मलाई पटक्कै मन पर्दैनथ्यो, म बाबालाई सम्झाउने गर्थे जुन बेला रक्सी खाएको हुँदैनथ्यो ।
बाबा,नखानुस् यो रक्सी यसले राम्रो गर्दैन , बरु थोरै खाउँला थोरै लाउला सकेको काम गरुला भनेर सम्झाउने गर्थे । अब म नी ठूलो हुन लागे केही गरुला भनेर भन्थे तर बाबा ले मान्नु हुन्थेन दिन बिराएर एकदुई दिन गर्दै खानुहुन्थ्यो र खायसी फेरि उँइ ताल हुन्थ्यो ।
नखाएको बेला बाबा हामीलाई धेरै माया गर्नुहुन्थ्यो ,अनि काम पनि धेरै नै गर्नुहुन्थयो हामीलाई केही गर्न दिनु हुन्थेन। त्यस बखत मलाई खुसी लाग्थ्यो ,बाबाले सकेको गर्नुभाथ्यो , राम्रो स्कूल मा पढाउनु भाथ्यो तर पनि मेरो ध्यान त्यति पढाइमा लाग्न सकेन ।
फेरि बाबा ले बीच बीच मा रक्सी सुरु गर्न थाल्नुभयो र पुरानै क्रियाकलाप दोहोर्याउनु भयो, जसले गर्दा मलाई पढाइमा त्यति ध्यान जान छोडेको थियो । म बिस्तारै बिस्तारै डिप्रेसन मा जान थाले । मेरो पढाई पनि बिस्तारै बिग्रदै गयो ।म कलेज पनि जान छोडिसके को थिए।
आफूसँग का साथी भाई हरु पढेको देख्दा म कता कता हराउन थाल्थे,जसकारण म झन् तनाब मा परिरहे ।आफूसँग का साथीले कत्रो प्रगति गरिसके आफू भने अझै केही गर्न सकिरहेको छैन भनेर म चिन्तित हुँदै गए,आमा बिचरी के गर्थिन् दिनभरि मेला र पात,धाउँथिन , आमा सधैं जसो बिरामी भइराख्थिन्,घरी घरी सम्झाउँदै भन्थिन् बाबु ,अब त त पनि ठूलो हुन लागिस,गरेर खान सक्ने भइसकिस , मेरो त के छ र रोगी आत भएको कुन दिन यो शरीर के बिदा दिन्छ थाहा छैन भनेर भन्थिन्, जुन कुराले मलाई साह्रै दुखी बनाउछ।
मलाई आफूले अहिले सम्मकेहि गर्न नसकेको आमा बाबालाई खुसी बनाउन नसकेको भन्दै मैले आज यो निर्णय गरेको थिए,, आफू संग का साथी भाइले कमाएर दिएको देख्दा अनि आफूले फेरि घरबाट नै माग्दा आफैलाई बोझ लागिरहेको थियो,खै कस्तो उमेर हो यो । न बाबुआमा सङ्ग पैसा माग्न सक्छु, न त दिन नै उमेर पुगेको सन्तान बेरोजगार आमा बाबा लाई बोझ,, हो यस्तै कुरा ले म डिप्रेसन मा पुग्न थालेको थिए ।
यसरी सोच्दा सोच्दै मैले लामो सास फेर्दै कुर्सी लाई अलि पर बल गरेर धकेली दिए
अनि म त्यो कपडाको डोरीमा झुन्डिए । घाँटीमा पासो लगाउँदै गर्दा मन मनै सोचे जिन्दगीमा धेरै मान्छेले घात गरेको छ बिन्ती छ तैंले चाँही घात नगरिदिएस।
भाग ३
मेरो घाँटीमा उकुमुकुस हुन थाल्यो,सास फेर्न गाह्रो भयो,अनि हातगोडा चलमलाउन थाले अनि त्यसपछि बिस्तारै मलाई आनन्द हुन थाल्यो
मेरो आखा अगाडि अन्तिम पल्ट आमा को अनुहार झल्झली देखा पर्यो र मैले मन मनै सम्झे र भने आमा,नरुनु है , म यो जिन्दगी देखि हार खाए मैले सहन सकिन,,हो आमा
‘म हारे आमा’ म हारे …
त्यसपछि के भयो मलाई केही पत्तै भएन ।भोलि बिहान पल्ट मलाई होस आयो अनि म अचम्म मा परे। यो कसरी भयो म त मरिसकेको थिए फेरि कसरी जिउँदै छु अझै यो हुन सक्दैन भन्दै म आफैले आफैलाई छाम्दै थिए। म त झुन्डिएको थिए अझै कसरी जीवित छु,पासो लगाएको मान्छे कसरी बाँच्न सक्छ मैले आफैसँग प्रश्न गरे,तर उत्तर पाउन सकिन ।म त्यही कुर्सीबाट उत्रिए । र भुइँमा बसे यता उता नजर डुलाउन थाले । तर यत्तिकै मा जे त्यहाँ देखें त्यो देखेर म झनै आश्चर्य परे ।
मलाई चक्कर आउला झै भयो,मेरो नजर त्यही झुण्डिरहेको मेरो लास माथि पुग्यो । फलामको डन्डी मा कपडाको डोरी सँगै म त्यही झुण्डिरहेको थिए,मलाई असँजीलो महसुस भयो ,आफूले आफैलाई प्रश्न गरे, अनि थाहा भयो म त मरिसकेको थिए जीवित त मेरो आत्मा मात्र रहेछ ।
म थकित भएर फेरि खाट माथि नै बसे बुढापाकाले भनेको सुनेको थिए मान्छेको आत्मा मर्दैन सधैं जीवित रहन्छ भनेर। मान्छेको भौतिक शरीर मर्छ आत्मा त सधै त्यही वरिपरि जिउँदै रहन्छ भन्ने सुनेको थिए आज थाहा भयो जीवित त मेरो आत्मा मात्र रहेछ । मत मरिसकेको पो थिए।आत्मा र मृत शरीर एक हुन् नसक्ने रहेछ त्यसैले त म आफ्नो मृत शरीर लाई छुन सकिरहेको थिएन।।
यही क्रम मा बिहानी भयो
आमा मलाई उठाउन भन्दै मेरो कोठामा आइन्,अनि ढोका बाहिर बाट बाबू उठ चिया खान आइज , हेर त घाम भित्र आइसक्यो भन्दै ढोका खोलीन । ढोका खोल्ने क्रम मा आमाले जे देखिन त्यो सहन सकिनन् उनी छोरा भन्दै जोरले चिच्याइन् अनि त्यही ढोका निर ढलिन् ।
म अत्तालिदै आमा भनेर आमा सामु गए अनि आमा के भयो उठ्नुस न भन्दै बोल्न थाले तर मैले फेरि आमालाई छुन समेत सकेन जसो तसो गर्दै आमा लाई उठाउन खोजिराथे तर सकेन अनि सम्झिए म त मरिसकेको पो छु भनेर म अरु लाई देख्न सक्छु तर छुन सक्दैन ।। तिनीहरूले पनि मलाई देख्न र छुन सक्दैन । म आमा भन्दै ग्वार ग्वार रुन थाले ।
यत्तिकैमा आमाले जोरले कराएको आवाज सुनेर बाबा पनि के भयो भन्दै कोठाभित्र छिरे अनि भित्र छिर्नासाथ मैले भने बाबा हेर्नुन आमा ,, मैले भनेको बाबाले पनि सुन्नुभएन,आमालाई उठाउन खोज्नुभयो र आमाको होस आयो अनि झुण्डिरहेको मेरो लास देखेर आमा लाई समात्दै बा पनि रुनुभो।
आमा मलाई छुन खोज्दै हुनुहुन्थ्यो बाबु यो तैंले के गरेको यस्तो भन्दै रुनु भयो, बा अलि कडा नै थिए पुरुष मान्छे भएकले आमालाई सम्हाल्नु भइराख्नु भाथ्यो,,तर आफ्नै आँखा अगाडि आफ्नो छोराको लास देख्दा कुन बाबुले आफ्नो मन सम्हाल्न सक्ला र बा पनि रुनुभयो आमा सँगै
म आमा बा को अगाडि गएर भन्दै थिए बाबा आमा नरुनु न म मरेको छैन म यै छु त भनेर तर मलाई कसैले सुन्नु भयन रोइराख्नुभयो ।आमा बाबाको रुवाई सुनेर छिमेकी पनि के भयो ह भनेर भित्र पस्न थाले
भाग ४
यसरी फेरि आमाले रुँदै कराउँदै झुण्डिरहेको मेरो शरीर समात्नु भयो । म यो सब देखेर आफैले आफैलाई सम्हाल्न सकिरहेको थिएन ।
आमाले बुबालाई रुँदै कराउँदै भन्नुभयो यो सब तपाईंले गरेको हरकत ले गर्दा हो।अब खानु राम्रोसँग भनेर भन्दै हुनुहुन्थ्यो। बा पनि यो सम्झेर बेसरी रुनुभयो अनि भन्नुभयो अबदेखि कहिले रक्सी खाने छैन बाबु आइन्दा म बाट यस्तो भूल हुनेछैन ।छोरा अब त उठ भन्दै मलाई हल्लाई राख्नु भयो। बुबालाई मेल त्यसरी रोएको पहिलोपल्ट देख्दै थिए।बुबाको आँखाबाट खसिरहेको आँसुको ढीका सम्झेर र बेहोस भई मुर्छा परिरहेकी ती मेरी आमा सम्झेर म आफैले आफैलाई धिकार्न लागे।
आफैदेखि रिस उठ्न थाल्यो ,जन्मदिने आमाबाबा लाई दुखी बनाएर म कसरी यस्तो बाटो अपनाउन पुगे भनेर ।बुबा र आमाको रुवाइको आवाजले पल्लाघरे छिमेकी आमा र आण्टीहरु पनि दगुर्दै भित्र आइपुगे,अनि जो देखें त्यो उनीहरूले पनि सोच्न सकेनन,र आमा बाबा तिर जाँदै रुन थाल्नुभयो ।उनीहरू रुँदै भन्दै हुनुहुन्थ्यो,छोरा त राम्रै बुझ्ने छ भन्ने ठानेको थिए तर यसले पनि यस्तो नराम्रो बाटो लिन्छ भनेर सोचेका पनि थिएनौं,हे भगवान के भयो यस्तो भन्दै सबै कोठाभित्र रोइरहेका थिए,,
आमा बा तिर रिसाउँदै रुँदै हुनुहुन्थ्यो ,अनि बाबा पनि त्यसरी नै रोई रहनु भयो,मैले फेरि हिम्मत गरेर आमा नरुनु न भने तर मेरो कुरा कसैले सुनेन,अनि मलाई नदेखेझै गरे सबैले,
यसरी म आफैसँग हारे को थिए ।
आमा फेरि रोइरोई बेहोस भई मुर्छा परिन्,छिमेकी आमाले मेरी आमालाई काख मा पारिन् ,बुबा साईडमा टोलाउँदै सोच्दै टिलपिल आँखामा आँसु झार्दै रुँदै हुनुहुन्थ्यो,मेरी आमाले कति सपना देखेको थियो म माथि ,यो सम्झेर म सहन सकेन फेरि रोइदिय । मेरा बाबाले पनि सकेको कुरा पुर्याइदिनु भाथ्यो ।आफू खाइ नखाई हामीलाई खुवाउनु हुन्थ्यो।
जाबो डिप्रेसन मा गएर मैले यो गलत बाटो अपनाएको थिए । मान्छेहरूको भीड धेरै भएको कारण कोठा अझ धेरै शोक मग्न भएको थियो।छिमेकी अंकल आउनुभयो।
अनि सबलाई साइड लगाउनु भयो ।र माथि झुण्डिरहेको मेरो लासलाई तल निकाल्नुभयो, यो सब देखेर मेरी आमा अझ धेरै रुनुभयो र मलाई समात्न खोज्नु भयो तर छिमेकि आन्टीले दिएन ।
भाग ५
यतिकैमा मेरो छेउमा रहेको साथीभाइ हरु अलि निरास अँध्यारो भएजस्तो मुख लगाउँदै मेरो लासको फोटो खिचिरहेका थिए। मलाई लाग्दैथियो अब त देश विदेश सबै ठाउँमा भएका मान्छेले थाहा पाउँछ होला यो मर्यो भनेर अनि सबैले गाली गर्छन् होला फलानो त कायर् रैछ भनेर।
यो सोच्दसोच्दै म फेरि भक्कानिए अनि बाहिर निस्किए बाहिर पनि मान्छे हरु खचाखच भरिएका थिए।कोही एक आपसमा कुरा कानी गर्दै थिए त कोही आँखा मिच्दै । पल्लाघरे काकी भन्दै हुनुहुन्थ्यो यो सब किन गर्यो होला जती नै तनाव भएपनि यस्तो गर्नु हुन्थेन ।एउटा मान्छे बीचमै बोल्यो खै आजकल पहिलेजस्तो अरुसँग बोल्ने संगत गर्ने गर्थेन, एक्लै जाने र एक्लै बस्ने गर्थ्यो।
स्कुल तिर पनि जान्थेन् भनेर भन्दै थियो।एकजना मेरै साथीले पनि भन्यो बोल्न त म संग कतिखेर बोल्थ्यो तर यस्तो केही भनेन यो भएको छ भनेर,अनि अर्की महिलाले भन्यो कहीं कतै कोही केटी को चक्कर पो थियो कि अनि साथीले भन्यो उ त्यस्तो टाइप को मान्छे थिएन ।उ कसैको वास्ता गर्दैनथ्यो ,केटी त के उ आजकल हामीसँग नी त्यति बोल्दैन्थ्यो। मेरो एकजना मिल्ने साथीले भन्यो बिचरा घरको अवस्था कमजोर छ भन्थ्यो आफूले अझै केही गर्न सकिरहेको छैन् सँगैका साथीभाइ हरु कमाएर घरमा दिन थाले आफुभने सधैं फेरि घरबाट माग्नु परेको छ भनेर दुःख पोक्थ्यो । म संग तर अरु केही भन्थेन भनेर।
यतिकैमा काकी फेरि बोलिन र भनिन जे भएपनि आँखिर अर्को बाटो पनि त हुन्छ त्यही बाटो किन समात्नु हेर त बाबा आमाको हालत अब के होला उनीहरू त जिउँदै मर्ने भए भनेर ।
म यो सहन नसकेर फेरि भित्र पसे ,, धेरै ढिलो भइसकेको थियो।छिमेकी ले मेरो लास बाहिर निर लगे,अनि मलामी लैजाने तयारी गरिरहेको थिए,म थकान महसुस गर्दै थिए आफ्नै शरीर आफैलाई बोझ लागिरहेको थियो।लास लैजाने तयारी पूरा भयो , त्यसैमा मेरी आमाको अवस्था झन् कमजोर हुँदै गयो ।मैले आफैलाई रिस पोखे,झुण्डिरहेको त म थिए त्यहाँ अनि म सँगै मेरी आमाको माया अनि बाबाको सपना र विश्वास पनि तुरुक्क झुण्डिरहेको थियो,
मलामीले लास उठाए अनि मैले अन्तिम पल्ट आमाको मुहार तिर हेरे आमाको आवाज आइरहेको थिएन बिचरी रुँदैरुँदै सुकेको थियो उनको बोली ।बाबाको पनि त्यस्तै हालत थियो मलाई माफ गर्दिनु भने । म अब अर्को जन्ममा हजुरको कोखबाट जन्म लिन पाउँ भनेर आमाबाबा बाट बिदा मागे ।
भाग ६
पल्लाघरे दाइले जोरले संख बजाउनुभयो, र लास घरबाट हिँडाउनु भयो, म आमा तिर हेर्दै रुँदै आफ्नो मलामी आफै गइरहेको थिए,,एकपटक अझ जोरले संख बज्यो । म झसङ्ग भए,सिरानी मुनि रहेको मेरो मोबाइलमा जोरले अलार्म बजिरहेको थियो,
म बिउँझन पुगें ,सात बजिसकेछ । म अत्तालिए ,अनि आफैले आफैलाई छाम्दै थिए,,म यहाँ कसरी आइपुगे भनेर, मेरो शरीर पसिना र आँसुले भिजेको थियो, स्वास पनि फेर्न गारो भइरहेको थियो ,छेउमा रहेको गिलास बाट पानी खाए, यो सब सपना रहेछ मलाई थाहा भयो,एकछिन फेरि रोई दिए ।
आमा चिया लिएर कोठामा आउनुभयो,मेरो यो रोइरहेको अवस्था देखेर अत्तालिदै के भयो छोरा किन आज अबेर सम्म न उठेको आज किन ढिला भयो भन्दै मेरो अवस्था हेरेर मेरो नजिक आउँदै सुम्सुम्याउँदै भन्नुभयो , के भयो बाबु जरो आयो भन्नुभयो।
मैले आमा सपना देखे एकदम नराम्रो भनेर भने अनि आमाले मुस्कुराउँदै भन्नुभयो धात लाटा सपना देखेर पनि कोही रुन्छन् त ,,यसरी यत्रो ठूलो भएर भन्नुभयो म आमालाई अंगालो हालेर भने आमा म हारेको छैन् ।
म संघर्स र मिहेनत गरेर हजुर लाई खुसि बनाउछु भने अनि मैले राती देखेको त्यो नराम्रो सपना सबै कुरा एक एक गर्दै सुनाए,, आमाले नी आँखाबाट आँसु खसाल्नु भयो र आँसु पुछ्दै ल ल उठ अब म नास्ता बनाउछु भन्दै चिया राखेर जानुभयो।
म नी एकछिन टोलाइरहे अनि चिया पिएर एकछिन मा बाहिर गए,बाबा भारत मा हुनुहुन्थ्यो,साँझपख मैले बाबा लाई फोन गरे र राती सपनामा देखेको कुरा सबै एक एक गर्दै बाबा लाई सुनाए । बाबा पनि टोलाएर सुन्नुभयो,बाबा कहिलेकाहीं रक्सी खानुहुन्थ्यो मैले यो सब भनेको देखेर आँखाबाट आँसु पुछ्दै बाबा ले भन्नुभयो , छोरा अबदेखि कहिले रक्सी खादिन ।
सरि भन्नुभयो
मैले मुस्कुराउँदै भने हुन्छ बाबा,अनि बाबातिर हेर्दै भने बाबा म यो हिजो देखेको सपना लाई एउटा डाएरी मा लेखेर राख्छु। पछि हजुर आएपछि कस्तो हुन्छ हेरेर प्रकाशित गरुला भने बाबा ले पनि मेरो कुरामा सहमति जनाउँदै हुन्छं भन्नुभयो अनि काम मा जानेबेला भयो पछि गर्छु नी हस भन्दै बाबा ले फोन राख्नुभयो ।
मैले त्यो रात देखेको सबै सपना का कुरा लाई एउटा डाएरी मा लेखे र यो निधो गरेकी म जीवनमा जस्तो सुकै बाधा अर्चन आएपनि कहिले हार्ने छैन् त्यसरी आत्महत्या कहिले गर्ने छैन् भनी,दुःख सबैलाई हुन्छं दुःख भयो भने बाटो बदल्न पर्छ यसरी जिन्दगी सकाउनु हुँदैन । जिन्दगी एकपटक मात्र मिल्छ यसमा आफूलाई जन्मदिने आमा बाबा लाई खुसी बनाउनु र उनीहरू को सपना पूरा गर्नुपर्छ ,,त्यो दिन देखि मैले आफू भित्र हराइरहेको म पाए ।
,र म यो चाहन्छु कि यस्तो कथा कसैको नहोस् र सुन्न नपरोस् ।