फागुन ३० गते डडेल्धुरा स्पीकिङ आइडल हुने
डडेल्धुरा : डडेल्धुरा स्पीकिङ आइडल २०७८ को जिल्ला अडिसन डडेल्धुरा सदरमुकाममा हुने भएको छ । जिल्ला सदरमुकामको निर्माण व्यवसायी सङ्घको हलमा यही ३० गते हुने भएको हो ।
डडेल्धुराको पर्यटन विकासमा हाम्रो भूमिका शीर्षकमा विद्यार्थीहरूले पाँच मिनेट बोल्ने छन् । जिल्ला अडिसनका लागि सातै पालिकामा पालिका अडिसन भइसकेका छन् । सातै पालिका बाट करिब २० जना विद्यार्थीहरू सहभागी हुने कार्यक्रम संयोजक दीपक राज भट्टले जानकारी दिए ।
कार्यक्रमको आयोजक खबरदारी न्युज साप्ताहिक पत्रिका रहेको छ भने सह आयोजक शिखर बशुउद्धेशीय विकास समाज डडेल्धुरा र प्रवर्द्धकमा बोलन्याथली रहेको छ, यस्तै पुरस्कार आयोजक समाजसेवी विनय मल्ल रहेका छन् ।
जिल्ला अडिसनमा प्रथम पुरस्कार रु १५,०१५ , द्वितीय रु १०,०१०, तृतीय रु २५,२५ र सान्त्वना रु १,०१० रहेको छ । जिल्ला अडिसनको तयारी अन्तिम चरणमा रहेको भट्टले बताए ।
जिल्लाको समग्र विकासका लागि विद्यार्थीहरू मार्फत जानकारी गराउनुको साथै, विद्यार्थीह्रुको नेतृत्व विकासका लागि यस कार्यक्रमले भूमिका खेल्ने हिक्मत मालीले जानकारी दिए ।
कोरोनाले २ वर्ष सम्म विद्यार्थीहरूका लागि अतिरिक्त किृयाकलाप नभएकाले यस कार्यक्रमले विद्यार्थीहरूलाई प्रेरित गर्ने छ ।