मोहन थ्यायतको नेतृत्वमा अछामकी धारु थ्यायतलाई ६० हजार रुपैयाँ सहयोग


धनगढी : अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ वडारखेतकी धारु थ्यायतलाई आर्थिक सहयोग जुटेको छ । विगत लामो समयदेखि प्रेसरले दिमागमा रगत जमेको, दायाँ हात ,खुट्टा नचल्ने रोगबाट पीडित थ्यायतलाई अमेरिकामा बस्दै आएका नेपाली मनहरूले आर्थिक सहयोग गरेका हुन्।
मोहन थ्यायतको नेतृत्वमा धारु थ्यायतलाई ६० हजार रुपैयाँ सहयोग जुटेको छ । सहयोग गर्नेमा मोहन थ्यायत सँगै कल्पना कुँवर,भैरव शाही,मनसरा शाही,भरत भण्डारी ,अनुसुधा श्रेष्ठ ,भरत विष्ट,लोकेन्द्र देउवाले सो रकम सहयोग गरेका हुन् । उक्त रकम धनगढीका सामाजिक अभियन्ता मोहन खड्का मार्फत पीडितलाई हस्तान्तरण गरिएको छ । उनको उपचारका लागि केही सहज होस भन्ने उद्देश्यले थ्यायतको उपचारका लागि आफूहरू पनि लागिपरेको धनगढीका सामाजिक अभियन्ता मोहन खड्काले बताए ।
अहिले उनको भेरी अञ्चल अस्पतालको आसीयूमा उपचार भइरहेको छ । यस अघि पनि मोहन थ्यायतको नेतृत्वमा थुर्पै पीडितलाई सहयोग गरिसकेको छ । नेपाल घर भएका र हाल अमेरिकामा बस्दै आएका उनीहरूले समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेका छन् ।
उनिहररुले केही महिना अघि मात्रै क्यान्सर रोगबाट ग्रसित अछामको मङ्गलसेन नगरपालिका वडा नं. ७ की सुकी दमाईको उपचारका लागि ३० हजार सहयोग गरेका थिए भने गुल्मीको धुर्कोट पिपलधारकी अनिता खड्कालाई एक लाख ८० हजार आर्थिक सहयोग गरिएको थियो । खड्का मस्तिष्क रक्तश्रापबाट पीडित थिइन् ।
यस्तै उनीहरूको समूहले अमेरिकामा अलपत्रमा परेका नेपालीलाई उद्धार र आर्थिक सहयोग गर्दै आइरहेको आर्थिक सहयोगका अभियन्ता मोहन थ्यायतले बताउँदै आफुहरको सो अभियानलाई निरन्तरता दिने उनले बताए ।
