जेसीज सप्ताह कार्यक्रम २०२१ सम्पन्न


धनगढी : समुदाय जेसीज नाराका २०७८ कार्तिक १० गते देखि सञ्चालन भएको धनगढी जेसीज २०२१ को जेसीज सप्ताह कार्यक्रम सम्पन्न भएको छ । सातै दिन बिभिन्न कार्यक्रम सम्पन्न गरि धनगढी जेसीज २०२१ को जेसीज सप्ताह मनाईएको हो ।
सप्ताहको पहिलो दिन कपडा वितरण गर्दै कार्यक्रमको सुरुआत गरिएको थियो । भने दोस्रो दिन स्लो बाईक र साइकल रेस सम्पन्न गरेको थियो । त्यस्तै तेस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।
यस्तै सप्ताहव्यापी कार्यक्रमकै चौथो दिन मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको थियो भने पाँचौ दिन वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको थियो । जसमा जानभी जोशी प्रथम भएकी छन्। यस्तै दृतिय मिनेन्द्र यादव र सुस्मिता सुवेदी तृतीय भएकी छन्।
प्रतियोगितामा प्रथमलाइ पाँच हजार, दृतियलाइ तीन हजार र तृतीयलाइ दुई हजार प्रदान गरिएको थियो। यस्तै सप्ताहकै छैटो दिन प्रकरण गोष्ठि कार्यक्रम सम्पन्न गरेको थियो । यस्तै धनगढी जेसीजले बिभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरेको थियो ।