चैत २८ गते ‘अब धनगढी दौडन्छ’


धनगढी,१३ चैत । हरेक बर्ष धनगढी जेसिजले गर्दै आएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथन २०२१ हुने भएको छ । अघिल्लो पटक कोरोना भाईरसका कारण हुन नसकेको प्रतियोगिता यस बर्ष भने हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
यस बर्ष धनगढी जेसिजले कार्यकारणी उपाध्यक्ष मोहन ओझाको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरी तयारी सुरु गरीएको हो । हाप म्याराथुन चैत २८ गते आयोजना हुने धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले जानकारी दिए ।
म्याराथनको खुला दौडका अन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितियलाई ३३ हजार तिन सय ३३ र तृतियलाई २२ हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ । कर्पोरेट मिडिया तर्फको दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितियलाई तिन हजार तिन सय ३३ र तृतियलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ ।
कर्पोरेट महिला तर्फ प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतियलाई पाँच हजार पुरस्कार राखिएको मुल आयोजक समितिका संयोजक मोहनराज ओझाले जानकारी दिए ।