कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया चोकको मर्मत हुने
बोलन्या थली |
२ चैत्र २०७७, सोमबार
कैलाली,२ चैत । कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया चोकको मर्मत हुने भएको छ। निकै लामो समय देखी धुलाम्य बन्दै आएको अत्तरिया चोकको मर्मतका लागि टेण्डर आह्वान भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।
चोक मर्मतका लागि २ करोड स्टमेट गरेर टेण्डर आह्वान गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए। उनका अनुसार वैशाख पहिलो हप्तादेखि उक्त क्षेत्रमा काम सुरु हुने भएको छ।