पश्चिम सेती आयोजना निर्माणका लागि अध्ययन समिति गठनको अन्तिम चरणमा छौं : सिइओ भट्ट
बोलन्या थली |
१३ माघ २०७७, मंगलवार
धनगढी : लगानी बोर्डका प्रमुख शुशिल भट्टले ७५० मेगावाट क्षमताको राष्ट्रिय गौरबको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागी अध्ययन कार्य शुरु भइरहेको बताएका छन् ।
सोमबार लगानी बोर्डको कार्यालयमा उर्जा मन्त्रालयका इन्जिनियर सागरराज गौतम र बोलन्या थलीका संयोजक यादव जोशीसहितको भेटघाटमा बोर्डका प्रमुख भट्टले पश्चिम सेती जलविद्युत आयोजना अगाडी बढाउने गरि अध्ययन समितिको गठन अन्तिममा पुगेको बताएका हुन् ।
बोर्डको प्रमुख भएर आएपछि पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि आफुले अध्ययन कार्य अगाडि बढाउदै गएको र चाडै नै अध्ययन समिति गठन गरिने जानकारी दिएको संयोजक यादव जोशी बताए ।
यस्तै पुर्ब प्रधानमन्त्री डा . बाबुराम भट्टराई र पुर्ब सचीव भिम उपाध्याय सङ्ग पनि पश्चिम सेती जलविद्युत आयोजना बारे छलफल भएको संयोजक जोशीले बताए ।


