‘प्रेम आले तस्कर हुन्, तस्करी गरेरै धनगढी र काठमाडौँमा घर बनाएका छन्’ : वन मन्त्री भट्ट

बोलन्या थली | ७ माघ २०७७, बुधबार
‘प्रेम आले तस्कर हुन्, तस्करी गरेरै धनगढी र काठमाडौँमा घर बनाएका छन्’ : वन मन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशकी वनमन्त्री मायाँ भट्टले संघीय वन तथा वातावरण मन्त्री प्रेम आले काठ तस्कर भएको आरोप लगाएकी छिन् । प्राईम टेलिभिजनमा कुराकानी गर्दै मन्त्री भट्टले यस्तो आरोप लगाएकी हुन् । ‘प्रेम आले तस्कर हुन् । तस्करी गरेरै उनले धनगढी र काठमाडौँमा घर बनाएका छन्,’ मन्त्री भट्टले भनिन् । 

भट्टले आलेलाई असंवैधानिक किसिमले संघीय वनमन्त्री बनाईएको आरोप लगाउँदै भनिन्, ‘अहिलको व्यवस्थाअनुसार उनी मन्त्री भएका होईनन् । केपी ओलीले सुदूरपश्चिममा हमला गर भनेर टिका लगाएर पठाएका हुन् ।’ आले दलाल भएको बताउँदै भट्टले आलेमा कम्युनिष्ट हुने स्वभाव समेत नभएको आरोप लगाईन् । 

यसअघि धनगढीमा आयोजित एक कार्यक्रममा आलेले काठ तस्करीमा प्रदेशका वनमन्त्री माया भट्टको समेत संग्लनता रहेको आरोप लगाएका थिए । 
 

जनाअवजको टिप्पणीहरू